उदयपुरमा खोलामा डुबेर एकको मृत्यु

Posted on: 02 Jul, 2017

अजयकुमार साह/असार १८, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा नुहाउने क्रममा शनिबार दिउँसो खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार २७ वर्षे राजन राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमराना मगरका अनुसार राई घरदेखि ५ किलोमिटर टाढा रहेको चुनिया खोलामा नुहाउँदा दहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से ल्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!