७५ वर्षीय वृद्धालाई कुटपिट गर्दै मानव मलमुत्र खुवाएपछि...

Posted on: 24 Oct, 2018

कात्तिक ७, उदयपुर | उदयपुरमा ७५ वर्षीय एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासी निवासी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

मंगलबार राति उनकै छिमेकीले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको र जीउ नै भरि दलेको भन्दै उनले प्रहारीमा जाहेरी दिएकी छन् | 

कुटाईवाट वृद्धाको दायाँ आँखामा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । जीउभरि दिशा दलिएको अवस्थामा जिल्ला प्रहरी आएकी वृद्धाको घाउ जाँच र केश फारमको लागि जिल्ला अस्पताल पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

छिमेकीले दिनहुँ जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाएको वृद्धाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!