ओखलढुंगेहरुले ल्याए झल्को तिहारको (हेर्नुस् भिडियो)

Posted on: 16 Oct, 2016


पूर्णप्रसाद न्यौपाने/असोज ३०, ओखलढुंगा । कला र साहित्यको उद्गम स्थल मानिने ओखलढुंगाका कलाकारहरुले तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका छन् । राजधानीलाई कार्यक्षेत्र बनाउँदै आएका ओखलढुंगाका युवाहरुले देउसी भैलो गीतिसङ्ग्रह निकालेर तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका हुन् । झक्को तिहारको बोलको गितमा ओखलढुंगाको विगुटारका माधव दाहाल, गान्धर्वराज पौडेल, सुशिला पौडेल,वरुणेश्वरका शकुन्तला दाहाल,प्राप्चाका यमुना नेपाल र मीना नेपालले स्वर दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >> https://www.youtube.com/watch?v=Kvt6c5wx0rU 

गायक गायिकाहरु गान्धर्वराज पौडेल, शकुन्तला दाहाल, सुशिला पौडेल एउटै दिदीभाई हुन् भने यमुना नेपाल र मीना नेपाल गान्धर्वराज पौडेलका भाञ्जीहरु हुन् ।

माधव दाहाल र गान्धर्वराज पौडेलले यस अघि पनि विभिन्न गीतहरु बजारमा ल्याईसकेका छन् । माधव दाहालका सरर विउटार डुलेर,मोलुङ तिरैतिर,विहेपछि होला झगडा लगायतका लोक गीतहरु चर्चामा छन् । त्यस्तै गान्धर्वराज पौडेलका सलल सुनकाशी डुङ्गैमा,माया लगाउ ओखलढुंगैमा,ए हजुर म त गोठाले,लर्के जोवान लगायतका सातवटा लोक गीतहरु चर्चामा छन् । 

ओखलढुंगा जाँउन र उड्यो वनचरी वोलका गीतहरु रेकर्डिङको तयारीमा रहेको गायक तथा गान्धर्वराज पौडेलले जानकारी दिनुभयो । गीत संगितलाई मायाँ गर्दै आफुहरुले बजारमा ल्याएका गीतहरु सुनेर सकारात्मक र सुधारात्मक प्रतिक्रिया दिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!