स्वराडीको “बस मायालु” डेउडा सार्वजनिक (भिडीयो हेर्न तल क्लिक गर्नुहोस)

Posted on: 12 Nov, 2016

नरी बडु, कात्र्तिक २७ बैतडी ।
बैतडीको  तल्लोस्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसका चर्चित कुमाउनी तथा लोक डेउडा गायक सागर भण्डारी (स्वराडी) को निकै नै चर्तित डेउडा गीत बस मायालु बस बजारमा आएको छ ।

लोक डेउडा क्षेत्रमा नयाँ– नयाँ गीतहरु सार्वजनिक गदै आएका स्वराडीको बस मायालु बस निकैनै चर्तित छ ।  लय, शब्द सुदूर तथा मध्य पश्चिमका चर्तित डेउडा गायक महेशकुमार औझीको रहेको उक्त गीतमा सागर भण्डारी (स्वराडी) र राधिका हमालले स्वर भरेका छन् ।


भारतको उक्तराखण्डको लोक भाका कुमाउनी गाएर त्यस क्षेत्रका श्रोतामाझ लोकप्रिय भण्डारीको भारतको उत्तराखण्डमा पनि निकै चर्चा हुने गरेको छ ।

स्टेज प्रोग्रामलाई समेत तताउने भण्डारीको गीत सुन्न उत्सुक श्रोताहरुलाई उहाँले यूटुबमा गएर Latest Deuda song 2073 Bas Mayalu Bas By Sagar Bhandari Sodari सर्च गरी सुन्न समेत आग्रह गरेका छन् । उक्त गीतको प्रचारप्रसारका लागि सुदूरपश्चिमको कला बचाउने अभियानमा सक्रिय युवा प्रकाश कलौनीले सहयोग गरेका छन्
यो भन्दा अगाडी पनि स्वराडीका कयौँ कुमाउनी तथा लोक डेउडा गीतहरु बजारमा आइसकेका छन् ।

भिडीयो हेर्न तल क्लिक गर्नुहोस



यस बिषयमा तपाइको प्रतिक्रिया...!