दिप दर्पनको ‘दर्पण’ सार्वजनिक

Posted on: 16 Dec, 2016

काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । एल्बमको सावर्जनिक बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले गरे ।

एल्बममा सात वटा आधुनिक गीत समावेश छन् । एल्बमको पहिलो गीत ‘मैले भन्दा माया गर्ने’ हो जसमा अन्जु पन्तको स्वर छ भने राजकुमार बगरले संगीत दिएका छन् । दोस्रो गीत ‘फुल्नु भन्दा त’ मा स्वर प्रमोद खरेलको छ भने संगीत राजकुमार बगरकै हो । यो गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । यसलाई संगीत बस्यालले निर्देशन गरेका हुन् । तेस्रो गीत ‘तिमी जुन दिन टाढा’मा रजिना रिमालले स्वर दिएकी छिन भने संगीत राजकुमार बगरकै छ ।

त्यस्तै चौथो गीत ‘मेरो आँसुँग’ मा दिपक लिम्बुको स्वर छ भने सन्तोष श्रेष्ठको संगीत छ । पाँचौं गीत ‘मेरो आँसु झर्दा’ मा माण्डवी त्रिपाठीको स्वर छ भने संगीत सन्तोष श्रेष्ठकै छ । छैटौं गीत ‘लालि गुराँस सुनाखरी’ मा अंकित न्यौपानेको स्वर रहेको छ भने हरि  डाँगीले संगीत दिएका छन् । र, सातौं गीत ‘फुल्नु भन्दा त’मा श्रेयशी चेम्जोङको स्वर छ भने राजकुमार बगरको संगीत रहेको छ । यसको पनि म्युजिक भिडियो निर्माण गरिएको छ ।


एल्बम बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत बिन्ध्यावासिनी फाण्डेसन फार्मत अनाश र असहाय बच्चाहरुको सहयोगार्थ उपलब्ध गराईने छ । एल्बमको बजार प्रवद्धन बिन्ध्यावासिनी म्युजिकले गर्ने छ ।

कार्यक्रममा बिभिन्न गीत–संगीत क्षेत्रमा रुची राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!