सयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकि यूवा अध्यक्ष जोली अमात्यको दमदार भाषण (भिडियो सहित)

Posted on: 08 Feb, 2017

विजय थापा | माघ २६, वाशिंगटन डीसी | गत फेब्रुअरी १ तारिख न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघको हिउँदे सम्मेलनमा दमदार भाषण गरिन | 

बार्षिक रुपमा दुई पटक आयोजना हुने यूवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका युवा प्रतिनिधिहरुलाई उनले सम्बोधन गरिन | यूवा बाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्र को मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको थियो |

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् | जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन : उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!