नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा

Posted on: 18 Apr, 2017

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुनिया सामु एक्लो पारेर ” बोलको आधुनिक गित बजारमा ल्याएका हुन् ।

आफु सानै देखी गितसंगित लाई माया गर्ने भएकोले पहिलो गित बजारमा ल्याएको र अझै ल्याउने प्रयासमा रहेको बताएका छन् । यस आधुनिक गितमा लय तथा शव्द सिर्जना समेत परियार आफैले गरेका छन् भने गितका एरेन्ज एरेन्जर ईन्द्र जि.सीले गरेका छन् । गित लाई टि टाईम म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!