दंगाली चेली भुमिकाको कम्मरमा साडि लगाइदिने कोहि छ ? (भिडियो हेर्नुस्)

Posted on: 20 Jul, 2017

शंकर के सी | साउन ५, सल्यान । दंगाली चेली भुमिका गिरीको व्यस्तता पछिल्लो समय देशका विभिन्न ठाउँमा छ । व्यस्त गायीकाको रुपमा परिचय बनाउन सफल भुमिकालाइ स्टेज देखी एल्बम सम्म गित गाउन भ्याई नभ्याई छ ।

दाङको देउखुरि क्षेत्रमा जन्मीएर काठमाण्डौलाइ कर्मथलो बनाइरहेकी भुमिकाले केहि दिन अगाडी गायक पशुपती शर्मा सँग दियौ चुरोट बजारमा लेराएकी थिईन भने फेरी अहिले उनको अर्को तिजको भाका सिस्नुले हान्दिन्छु बजारमा आएको छ ।

प्रतिभावान गायक तथा सर्जक तिलक वली संग सहयात्रा गर्दै उनले यो तिजको भाका बजारमा लेराएकी हुन ।  तिलक वलिको लय तथा शब्दमा सजिएको उक्त तिजको भाकामा भूमिका गिरी र तिलक वलिले स्वरको जादु छरेका छन । भूमिका गिरि, निक्स शर्मा, रमेश जङ्ग थापा र मालती घलेको अभिनय रहेको उक्त भाकाको निर्देशन अहिलेका युवा निर्देशक मौसम हिमालिले गरेका हुन ।

गत वर्ष पनि भुमिका र भागीरथको स्वरमा रहेको तीज गित ‘नरिसाउन कान्छु’ एकदमै चर्चीत भएको थियो । लौका चाख्ने मौका देउ बोलको गितबाट गायन यात्रा शुरु गरेकी भुमिका विशेष गरि विक्रम संवत् २०६६ सालदेखि यस क्षेत्रमा क्रियाशिल छिन् । दर्जनौ एल्वम बजारमा ल्याइसकेकि उनी लाइभ दोहोरीमा पनि खप्पीस मानिन्छिन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!