सञ्चारकर्मी सन्देश लामिछाने भन्छन् ‘मेरी जस्तै जोई’ कसैलाई नपरोस्

Posted on: 03 Aug, 2017

साजन परियार/१९, पर्वत ।हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले ‘मेरी जस्तै जोई’ नामक तिज एल्वम् सार्वजानिक भएको छ । डिजिटल स्टार प्रा.लीद्धारा बजारमा आएको उक्त एल्वम् सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछाने र नवराज लामिछानेले संयुक्त रुपमा हालै बजारमा ल्याएका हुन् । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा जन्मिएका सन्देश लामो समय देखी संगितिक क्षेत्रमा सक्रिय छन् । हाल उनी गाउँकै अहिंसावादी रेडियो पर्वतमा आवद्ध छन् ।

नेपालीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएसँगै उक्त गित दर्शक तथा स्रोतहरुको जनजिव्रोमा झुण्डिएको छ । वास्तविक तिजको आभाष दिलाउने गित बनेको धेरैको प्रतिक्रिया छ । तिजको मौलिक भावलाई सर्जक तथा गायक सञ्जय परियारले सगित दिनुभएको । परियार पछिल्लो समयका चर्चित गायक हुन् । उनका धेरै गित बजारमा छन् । त्यस्तै उक्त गितमा उत्कृष्ट शव्द सर्जक प्रतिक संग्रामीको रहेको छ ।

सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले र सञ्जय परियारको स्वरमा सजिएको उक्त गितमा पछिल्लो समयकी चर्चित गायिका नविना सुवेदीको समुधर आवाज समावेश छ । गितको हालै म्युजिक भिडियो सार्वजानिक भएको छ । पर्यटकिय शहर पोखरामा छांयाकन भएको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले नै अभिनय गरेका छन् ।

सञ्चारकर्मी, गायक नामले चर्चा बटुलीरहेका लामिछाने मोडलमा पनि हात हालेका छन् । म्युजिक भिडियोमा सब्रिना क्षेत्रीले साथ दिएकी छन् । उक्त म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!