दिपा पन्तको स्टेजमा जो नाच्छ, उसले एक लाख पाउँछ (भिडियो सहित)

Posted on: 30 Aug, 2017

भदौ १४, काठमाडौँ | गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । 

हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अफिसियल भिडियो भने केही पछि सार्वजनिक गरिने र त्यो भन्दा पहिले यो गीतको कभर भिडीयो कम्पिटिसन गरिने भएको छ । यो गीतमा नृत्य गरि मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायिका पन्तको इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ । 

उत्कृष्ट भिडियोलाई नगद रु १ लाख प्रदान गरिनेछ । प्रस्तुत गीतमा शव्द वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको रहेको छ भने संगीत अहिलेका चल्तिका संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ ।

हेर्नुहोस् कस्तो छ गीत ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!