'साझा सवाल' बिद्या चापागाईले छाडेपछि... नयाँ प्रस्तोताको रुपमा स्वेता आइन् (हेर्नुहोस् भिडियो)

Posted on: 21 Jan, 2018

माघ ७, काठमाडौँ | लोकप्रिय टेलिभिजन कार्यक्रम 'साझा सवाल' को ५२८ औं अंकमा आइतबार नयाँ प्रस्तोताको रुपमा पत्रकार स्वेता सिन्हा देखा परेकी छन् | बिगत लामो समयदेखि राष्ट्रिय टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गर्दै आएकी स्वेताले साझा सवालमा सप्तरीका शीतलहर प्रभावितको सकस बिषयमा प्रभावितहरुसँगको बहसलाई स्थान दिएकी छन् | 


स्वेतासँग यस अघि एभिन्युज टेलिभिजन तथा कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गरिसकेको अनुभव छ |  


यस अघि साझा सवालको ५२७ औं अंक प्रतिभा तुलाधरले संचालन गरेकी थिईन् | लगत्तै ५२८ औं अंकमा भने स्वेता सिन्हाले कार्यक्रम संचालन गरेकी छन् | बिद्या चापागाईले साझा सवाल छाडेपछी लगातार प्रस्तोता फेरिएपछी केहि दर्शकहरुले 'साझा सवालमा प्रस्तोताको छनोट जारी छ कि के हो ?' भन्दै टिप्पणी गरेका छन् | तर साझा सवालको फेसबुक पेज अनुसार जनवरी महिनाभरी फरक-फरक महिला प्रस्तोताहरुले कार्यक्रम संचालन गर्नेछन | फेसबुकमा भनिएको छ - 'एक दशकदेखि दर्शक/स्रोताले साझा सवाललाई देखाउनुभएको माया र विश्वासका लागि धेरै धेरै धन्यवाद । यहाँहरु समक्ष जनवरी महिनाभर साझा सवाल लिएर फरक-फरक महिला प्रस्तोता आउनुहुनेछ ।'

साझा सवाल भाग ५२८ मा उनै नयाँ प्रस्तोता स्वेता सिन्हाको संचालनमा साझा सवाल तल भिडियोमा हेर्न सक्नुहुनेछ । वर्षायाममा बाढी, सर्पदंश, लामखुट्टेको चपेटामा पर्ने तराई-मधेशवासीलाई हिउँदमा शीतलहर र सुख्खायाममा आगलागीले सताउने गरेको छ। यस्ता प्रकोपमा विपन्नहरु बढि प्रभावित हुन्छन्। सप्तरीका बाढी र शीतलहर प्रभावितहरूसँग गरिएको बहस ।  

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!