नेपाल आइडलका प्रताप दासले चलचित्र 'अनुराग' मा कस्तो गित गाए ? (लिरिकल भिडियो हेर्नुहोस्)

Posted on: 12 Mar, 2018

फागुन २८, काठमाण्डौ | नेपाल आइडलका प्रताप दासले गाएको  “तिम्रो स्वरमा  स्वर  मिलाई …’ बोलको लिरिकल  भिडियो सार्वजनिक भएको छ  । गीतमा  सरोज पोखरेलको  संगीत रहेको छ भने  शब्द   सत्यराज चौलागाईंको रहेको छ । उक्त लिरिकल भिडियोलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।

निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

 ‘अनुराग’मा नायिका  एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ । उक्त फिल्ममा लाइन  प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण  नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् | फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल  भिडियो ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको  छ |

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!