रेणुका थापाको म्युजिक भिडियोमा नाचेर चपुर हिरोले पायो १ लाख

Posted on: 25 Mar, 2018

चैत ११, काठमाडौँ | रेणुका थापाको 'तिम्रो मायाँमा' म्युजिक भिडियोको 'कभर डान्स' प्रतिष्पर्धामा रौतहटको चन्द्रपुरको चपुर हिरो ग्रुप समूहले पहिलो पुरस्कार प्राप्त गरेको छ । 

समूहलाई भिडियो निर्माण समूहले डान्स फिवरको स्टुडियो मैतीदेवीमा एक कार्यक्रका बीच विजयी घोषणा गर्दै नगद एक लाख रुपैयाँ  प्रदान गरेको हो । प्रतियोगितामा कुल १० भिडियोले प्रतिष्पर्धा गरेका थिए । 


कार्यक्रममा भिडियो निर्माण पक्षले विजेताहरूको छनौट युटुबको भ्यु/लाइक तथा कमेन्टको साथै नायक गजित विष्ट र कोरियोग्राफर महेश गोदारको निर्णयका आधारमा गरेको जानकारी दिएको छ । 

गायिका रेणुका थापाको लेखन, स्वर तथा संगीतमा रहेको उक्त म्युजिक भिडियोमा अभिनय पनि थापाकै रहेको छ भने भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्। भिडियोमा गायक सन्तोष लामाको समेत स्वर सुन्न सकिन्छ । 

'तिम्रो मायाँमा' म्युजिक भिडियो (ओरिजनल)


प्रथम भएको... (कभर डान्स- चपुर ग्रुप)


यस बिषयमा तपाइको प्रतिक्रिया...!