आशा खड्काको अभिनयमा रामकुमार पौडेल र स्मृति शाहीको आवाजमा 'एउटा किताब' गीत सार्वजनिक (भिडियो सहित)

Posted on: 26 Apr, 2018

नेपाली लोक दोहोरी गीत संगीत प्रतिको मोह र आफनो परम्परालाई जर्गेना गर्न अहिले पनि  सष्टा तथा सर्जकहरु निरन्तर रुपमा लागी परिरहेका छन् । रामेछापबाट पनि धेरै गायक गायिकाले कहिले आफ्नो जिल्ला चिनाउनका लागी जिल्ला बिशेष गित र  कहिले प्रेम वियोगका शब्द संकलन गर्दै आवाज भरेर मनोरञ्जन दिने प्रयत्नमा जुटिरहेका छन् । 

यसै क्रममा रामेछापका युवा गायक रामकुमार पौडेल र कुमार जंग कार्कीले एउटा किताब भन्ने बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।  गायक रामकुमार पौडेल र गायिका स्मृति शाहीको सुमधुर आवाजमा रेकर्डिङ गरिएको लोकदोहोरी ‘एउटा किताब’ युटुवमार्फत बजारमा आएको छ ।


प्रेममा आधारित गीतको शब्द  संकलन तथा लय सिर्जना उनै गायक रामकुमार पौडेलको रहेको छ । रामेछाप सांस्कृतिक कलाकार समाजका उपाध्यक्ष समेत रहेका पौडेलले यस अगाडि पनि विभिन्न गीतमा लय शब् सिर्जना गर्नुका साथै गीत रेकर्डिङ समेत गरिसकेका छन् । गीतको म्युजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका छन् । ‘गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन नवीन घर्तीमगरले गरेका छन । भिडियोमा आशा खड्का र कुमारजंग कार्कीको अभिनय रहेको छ ।

भिडियोमा रामेछाप र सिन्धुलीका विभिन्न ठाउँका दृश्य देखाइएको छ । गोर्खा चौतारीबाट अडियो भिडियो निर्माण भई म्यजिक नेपालको युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।

'मायाले मलाइ सताको एउटा किताब लेख्ने सुर गर्दै छु तिम्रो मेरो प्रेम कथाको' भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!