चर्चित मोडल बिनोद श्रेष्ठलाई वियोगको पीडा (भिडियो हेर्नुहोस)

Posted on: 28 Apr, 2018

वैशाख १५, काठमाण्डौ । नेपाली लोक संगीत क्षेत्रमा जम्न सफल निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत 'आँसु' बजारमा आएको छ । 

म्युजिक भिडियोमा प्रतिष्ठीत गायिका बिष्णु माझी र नव गायक संजय फाउन्डफेल्डरको सुमधुर स्वर सुन्न सकिन्छ । जसमा लय आयुष परियारको रहेको छ भने कुमार परियारको शब्द सृजना रहेको छ । म्युजिक भिडियोमा बहुचर्चित मोडल जोडी बिनोद श्रेष्ठ र रन्जिता गुरुङको अभिनय हेर्न सकिन्छ । 

उक्त म्यूजिक भिडियोको छायांकन करण चैसिरले गरेका छन् भने भिडियो प्रविन भट्टको सम्पादनमा रहेको छ । 


करण चैसिरले छायांकन गरेको भिडियो गायक संजय फाउन्डफेल्डरकै युटुब मार्फत सार्बजनिक भएको छ ।

भिडियो तल हेर्न सक्नुहुन्छ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!