सलोनको 'बाबु कान्छा' को टिजर सार्वजनिक (भिडियो सहित)

Posted on: 05 Jun, 2018

जेठ २२, काठमाडौं | फिल्म 'बाबु कान्छा'को टिजर सार्वजनिक भएको छ | असार २९ गते रीलिजको तयारि रहेको उक्त फिल्म अभिनेता सलोन बस्नेतको होम प्रोडक्शनमा निर्माण गरिएको हो | यसै फिल्मको टिजर आज रिलिज भएको छ । फिल्मको सार्वजनिक टिजरमा अभिनेता सलोनलाई मात्र प्रस्तुत गरिएको छ ।

उक्त फिल्ममा सलोनसँगै करिश्मा श्रेष्ठ, ऋतिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, अश्लिन ज्ञवाली लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । 

उक्त फिल्मलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । उक्त फिल्मको कार्यकारी निर्माताको रुपमा रवि अधिकारी रहेका छन् भने सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । फिल्मलाई बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठले भने खिचेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!