'अहिलेको तीज' बोल भएको गीतको म्युजिक भिडियो सार्वजनिक (भीडीयो सहित)

Posted on: 31 Aug, 2018

भदौ १५, काठमाडौँ | अहिलेको तीज बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीषा पौडेलको शब्द , शंकर थापाको संगीत रहेको गीतमा मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा चेतनामूलक सन्देश दिने प्रयास गरिएको छ ।


आजकल महिलाको व्यस्त जिवनको चित्रण गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता शर्मा, सुप्रीया कट्ट्वाल, जैना कुवर तथा ओइपियल समुहको नृत्य रहेको छ । उक्त गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । म्युजीक भिडीयोमा निरोज श्रेष्ठको छायांकन छ भने कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । 

भिडीयोमा सम्पादन बिकाश धमलाको रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!