मेलिना र गोविन्दको 'आना र सुक्का' सार्वजनिक (भिडियो सहित)

Posted on: 09 Oct, 2018

असोज २३, काठमाडौँ | मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको 'आना र सुक्का' बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्। 


शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचरिङ छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्। 

हेर्नुहोस् भिडियो : 


यस बिषयमा तपाइको प्रतिक्रिया...!