लिम्बू चलचित्र 'के:'को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

Posted on: 15 Oct, 2018

 कमल घिमिरे।असोज २९।  पाँचथर । लिम्बू कथानक चलचित्र ‘केः’ को ट्रेलर सार्वजनिक भएको छ । परिवर्तन मिडियाको यूट्युब च्यानल मार्फत् उक्त चलचित्रको झण्डै पाँच मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
 माता पाथीभरा फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याब्रुङको बिषय उठाइएको छ । च्याब्रुङ बनाउन अनिवार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि चलचित्रको कथा घुमेको लेखक–निर्देशक सागर केरुङले बताए ।
    चलचित्रमा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको ड्रोन अपरेटिङ र प्रेम पन्दाकको संगीत रहेको छ ।
पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपाने लगायतको अभिनय छ ।
  चलचित्र २० लाख लगानिमा निर्माण सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको सबै काम पूरा भएकाले चाँडै प्रदर्शनको मिति तोकिने प्रस्तुतकर्ता बुद्धराज लिम्बूले बताए ।






यस बिषयमा तपाइको प्रतिक्रिया...!