नेपाल आइडलबाट उदाएका प्रताप दासको ‘जुनकिरी’ सार्बजनिक (भिडियो हेर्नुहोस्)

Posted on: 31 Oct, 2018

कात्तिक १४, काठमाडौँ | नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ । 


भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 


प्रेमका मनका कोमल भावनाहरुको भुमिकामा काजिश श्रेष्ठ र अन्जली अधिकारीको फिचरिङ रहेको छ । 

हेर्नुहोस भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!