प्रेम अस्विकार गरेको भन्दै कक्षा २ मा पढ्ने बालकको गरे आत्महत्या, सुसाईड नोटमा के छ ?

Posted on: 24 Feb, 2019

फागुन १२, काठमाडौँ | केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले अत्महत्या गर्नुको रहस्य खुलेको छ । 

दलित महिला उत्थान बाल शिक्षालयमा मुगुका १२ बर्षिय बालक समुन्द्र मल्ले झुण्डिएर आत्महत्या गरेको घटना रहस्यमय थियो । तर सोही आश्रममै बस्ने अर्की एक बालिका माया (नाम परिवर्तन) ले प्रेम अस्विकार गर्दा समुन्द्र कक्षा २ मा अध्ययनरत बालककले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

आत्महत्या गर्ने बालक 

माथिको तश्वीरमा: बालकले आत्महत्या गर्दा पासो लगाएको स्थान

बालक समुन्द्र सुत्ने कोठाको खातलासी गर्दा सिरानीमुनी कागजको सुसाईड नोट भेटिएको  र सोहीबाट उनको आम्तहत्या गर्नुको कारण खुलेको प्रहरीले जनाएको छ  ।

उनले सुसाईड नोटमा आफ्नो नाम, ठेगाना हालको ठेगाना र मर्न लाग्नुको कारण लेखेका रहेछन् । ‘म माया (नाम परिवर्तन)को कारणले मरेको ’ उनको सुसाईड नोटमा उल्लेख छ ।  सम्बन्धीत बालिका भने १४ बर्षिय हुन् । उनी त्यही विद्यालयमा पढ्छिन् ।

घटना सम्बन्धमा स्थलगत भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!