यातायात कार्यालयः टेबलै पिच्छे घुष, कोठै पित्छे बिचौलिया - भिडियो

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौँ | यातायात व्यवस्था विभाग अन्तर्गतको विभिन्न कार्यालयमा बिचौलियालाई प्रवेशमा रोक लगाईएको भनिएपनि विचौलिया बिना कामनै नबन्ने सेवाग्राहीले गुनासो गरेका छन् । ‘ बिचौलियालाई प्रवेश निषेध’ भनेर ब्यानर टाँगिएपनि कार्यालयमा कर्मचारी भन्दा विचौलियाको बढी देखिन्छन । 

कार्यालयमा जनताले कर दिएर पालेका कर्मचारी भेटिदैनन् तर  बिचौलियाहरू भने फालालाल भेटिन्छन् । उनीहरु सेवाग्राहीलाई भन्छन्  ‘ पाईहरु जानुभयो भने ५ ६ घन्टा लाग्छ । हामी गयौं भने १० मिनेटमा बन्छ । एक हजार दिए पुग्छ । सिधै हाकिमलाई बुझाउने हो, ७ सय  कर्मचारीलाई, ३ सय मलाई । ’

यसरी सेवाग्राहीसंग घुषमा बार्गेनिड गरिरहेको देखिए त्यो अनौठो मान्नुपर्दैन । नयाँ मान्छे मुल गेटमा देख्नै हुन्न । विचौलियाहरु सलबलाउँछन् । कार्यालयभित्र पस्नै नपाइ सेवाग्राही तिनको फन्दामा पर्छन् । गेटमा नागरिक वडापत्र छैन । ठूलो अक्षरमा कुनै सुचना पनि छैन । सोधपुछ कक्षसमेत छैन । त्यसैले सेवाग्राहीहरु विचौलियाको फन्दामा परेर घुष बुझाउन बाध्य हुन्छन् ।

भित्र मिलेपतोमा काम भइरहेको छ । बाहिर सर्वसाधारणले पाउनु सास्ती पाइरहेको छ । कतिका वर्षौंदेखि काम बनेका छैनन् । कुरिहेका छन, तर कहिले बन्छ थाहा छैन ।  हजारौं खर्च गरी लाइसेन्स लिन काठमाडौं आउँछन् । रित्तो हात फर्किन्छन् ।  सेवा ग्राहीहरुले जतिनै गुनासो गरेपनि र उनीहरुको गुनासो सुन्ने कार्यालयमा भेटिन गाह्रो देखिन्छ । 

यातायात कार्यालयको स्टिड अपरेसन पुरा भिडियो: 



यस बिषयमा तपाइको प्रतिक्रिया...!