युट्युबको ट्रेन्डिङ-१ मा भिटेनको गीत (भिडियो सहित)

Posted on: 05 Dec, 2019

मङ्सिर १९, काठमाडौं | पछिल्लो समय चर्चित र्‍यापर भिटेन (समीर घिसिङ) ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थाहा छैन’ बोलको गीत भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकमार्फत सार्वजनिक गरिएको छ । 

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले निर्देशन गरेका हुन् भने सुरज दर्लामी मगरले खिचेका हुन् ।

यो गीत युट्युबमा नेपालको ट्रेन्डिङ नम्बरमा १ मा परेको छ । 

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!