राजेश हमालको गाएको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on: 03 Nov, 2021

कात्तिक १७, काठमाडौं | अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो । उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए । यद्यपि, भिडियो भने मंगलबार मात्र छायांकन गरिएको थियो । 

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

हमालले यसअघि शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र स्रोताको साथ पाउने विश्वास उनको छ ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!