जापानमा गयो शक्तिशाली भूकम्प

Posted on: 23 Sep, 2016

असोज ७, टोकियो । पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ९:१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ । 

सो भूकम्पको केन्द्रविन्दु कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ। जापानको मौसमविज्ञान विभागका अनुसार भने यो भूकम्प ६.५ रेक्टर स्केलको मापन गरिएको छ । 

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० रिक्टर शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो । गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो । 

यस भूकम्पपछि १ हजार ७ सय पटक पराकम्पनहरु महसूस गरिएको जापानी सञ्चार माध्यमले बताएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!