फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

Posted on: 24 Sep, 2016

असोज ८, फिलिपिन्स । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प आएको छ । 

स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । 

भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन । 

यसैगरी रुवान्डामा पनि ४.८ म्याग्नीच्युडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!