पाकिस्तानबाट आएको जासुसी परेवा भारतमा पक्राउ

Posted on: 03 Oct, 2016

असोज १७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र बोकेर आएको पाकिस्तानी परेवालाई भारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेका छन् ।

भारतीय संचार माध्यमका अनुसार परेवाको खुट्टामा बाँधिएको एक पत्रमा मोदीलाई गाली गरिएको छ । उक्त पत्र र्उदु भाषामा लेखिएको छ । 

उक्त पत्रमा लेखिएको छ, ‘मोदीजी हामीलाई सन् १९७१ मा भएको पाकिस्तान –भारत युद्ध ताकाको जस्तो नागरिक सोच्ने भुल नगर अहिले पाकिस्तानका हरेक बच्चासमेत भारतसँग युद्ध लड्न तयार छन् ।’

भारतीय अखबार दि टाइम्स अफ इन्डियाका अनुसार खैरो रंगको उक्त परेवा आइतबार सिम्बाल पोस्ट नजिकैबाट पक्राउ गरिएको हो । उक्त पोस्ट इन्स्पेक्टर रमेशकुमारले परेवालाई नियन्त्रणमा लिएको बताउँदै यस विषयमा थप अनुसन्धान भईरहेको बताए । 

आइतबार नै सोही पोस्ट नजिकै मोदीलाई धम्कीको भाषा प्रयोग गरिएको सन्देश बोकेको दुईवटा बेलुन भेट्टाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!