अमेरिकी युद्ध पोतमाथि फेरी अर्को मिसाइल आक्रमण

Posted on: 13 Oct, 2016

असोज २७, काठमाडौं । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि फेरी अर्को मिसाइल आक्रमण गरिएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यमन तर्फबाट आक्रमण भएको जनाएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो ।

पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको जवाफी कारबाही गर्ने संकेत दिएको छ । यूएसएस युद्धपोतलाई निशाना बनाएर हमला गरिएको थियो ।

अमेरिकी रक्षा विभागले मिसाइल यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रबाट प्रहार गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!