हिटलर जन्मिएको घर भत्काउने तयारी हुँदै

Posted on: 18 Oct, 2016


कात्तिक २, काठमाडौं । अस्ट्रिया सरकारले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर भत्काउने तयारी गरेको छ ।

अस्ट्रिया तथा जर्मनीको सीमा नजिक रहेको उक्त घर ‘ब्राउन एम इन’को  माथिल्लो तलामा हिटलरको परिवार भाडामा बसेका थिए । उक्त भवनमा हिटलरको जन्म सन् १८८९ अप्रिल २० भएको थियो । 

हिटलर जन्मेको घर नाजिहरुको पूजा गर्ने स्थल या केन्द्रविन्दु नबनोस् भन्दै अष्ट्रिया सरकारले उक्त घर भत्काउने निर्णय गरेको हो ।

अष्ट्रियामा हिटलर जन्मेको घरका विषयमा विवाद छ । केहीले घर भत्काउनुपर्ने बताएका छन्, भने केहीले उक्त घरको अन्य प्रयोजनमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

बिबादकै कारण अस्ट्रिया सरकारले घर भत्काउनका लागि संसदमा नयाँ कानून पारित गर्न सक्ने जनाइएको छ । सरकारको नयाँ निर्णयसंगै के गर्ने भन्ने टुंगो लाग्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!