साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

Posted on: 19 Oct, 2016

कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मत्युदण्ड दिइएको हो । यद्यपी, उनलाई दिइएको मृत्युदण्डको किसिम कस्तो प्रकारको हो भनी स्पष्ट रुपमा दिइएको छैन । साउदी अरबमा धेरैजसो मानिसहरुको शिर छेदन गरी मृत्युदण्ड दिने प्रचलन रहिआएको छ ।

समाचार एजेन्सी एफपीका अनुसार ती राजकुमार यस वर्ष मृत्युदण्ड पाउने १३४ औं व्यक्ति हुन् । शाही परिवारका कुनै सदस्यले मृत्युदण्ड पाउने घटना निकै विरलै भएको संवाददाता बताउँछन् ।

गृह मन्त्रालयको बयान अनुसार राजकुमारले आफ्नो साथीलाई हत्या गरेको आरोप स्विकार गरेका थिए । अल–अरेबियाका अनुसार पीडित परिवारले ‘ब्लड मनी’ लिन अस्विकार गरेका थिए । यो प्रावधान अनुसार यस्तो घटनामा परिवारका सदस्यले आर्थिक मुआब्जा स्विकार गरे अपराधी दोषीमुक्त हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!