प्रहरीसँगको दोहोरो भिडन्तमा १८ माओवादी मारिए

Posted on: 24 Oct, 2016

कात्तिक ८, काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिएका छन् । 

विशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माका अनुसार सोमबार बिहान ६ बजे कियासिर बेगानगी जंगलमा मुठभेड भएको हो । 

घटनास्थलबाट प्रहरीले भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरेको छ । प्रहरीका अनुसार घटनास्थलबाट चार थान एके-४७ राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद भएको छ ।

प्रहरीको आक्रमणबाट कैयौं माओवादी लडाकुहरु घाइते भएको अनुमान गरिएको छ । प्रहरीतर्फ भएको हताहतिबारे केही बताइएको छैन ।

सुरक्षाकर्मीहरुले जंगललाई घेरा हालेका छन् । त्यहाँ थप प्रहरी फोर्स मगाइएको छ । घटनास्थलबाट शव बरामद गर्ने क्रम चलिरहेको छ । मृतकको संख्या बढ्नसक्ने प्रहरीले अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!