पाकिस्तानमा आतंकवादी आक्रमण हुँदा ५७ प्रहरीको मृत्यु

Posted on: 25 Oct, 2016

कात्तिक ९, क्वेटा | पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण हुँदा ५७ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

उक्त आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन् । करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको हताहती भएको हो । प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन् ।

सोमबार राति करिब १२ बजे सात जनाको संख्यामा आएका आक्रमणकारीले क्वेटाको शरयब रोडस्थित प्रहरी तालिम केन्द्रमा आक्रमण गरेका थिए । तालिम केन्द्रमा घुस्ने वित्तिकै आक्रमणकारीले अन्धाधुन्ध गोली बर्षाउन थालेका थिए । सो तालिम केन्द्रमा ६०० प्रहरी रहेको बताइएको छ । उनीहरुलाई आक्रमणकारीले बन्धक बनाएका थिए । तीन घण्टासम्म चलेको अपरेशनपछि पाकिस्तानी सेनाको दुई सयको टुकडीले बाँकी प्रहरीको उद्दार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  क्वेटा पाकिस्तानबाट पश्चिमतर्फ अफगानिस्तानको सिमा नजिक पर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!