सन् २०१६ देखिनै तेश्रो विश्वयुद् सुरु हुने ! नास्त्रेदमसको भविष्यबाणी र पछिल्लो अवस्था

Posted on: 26 Oct, 2016

एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । सीरिया, टर्की र आईएसआईएसको त्रिकोणीय संघर्षमा फसेका पश्चिमी देशहरुले यही बर्षदेखिनै विश्वको तेश्रो तर सबैभन्दा खतरनाक महायुद्धको शुरूवात गर्ने सक्ने संकेत देखिएको जनाएका छन् ।

हिन्दु ज्योतिषहरुका अनुसार पनि वर्ष २०१६ मा राहुको सिंह राशिमा गुरु योग हुनु, मार्च महिनामा दुई ठूला ग्रहण, शनि र मंगल वृश्चिक राशिमा लामो समयसम्म रहनु आदिका कारणले एक ठूलो दुर्घटना वा युद्धको संकेत दीइरहेको बताईएको छ । यो युद्धको कारण मध्यपुर्बी तथा खाडी मुलुकहरु, यूरोप, अमेरीका तथा पश्चिमी एसियाली देशहरुलाई निकै नोक्सान हुने भनिएको छ ।

ज्योतिषहरुका अनुसार यो बर्ष २०१६ मा राहु-शनिसँग रहनु निकै घातक मानिएको छ । उल्लेख छ कि राहुलाई ज्योतिष बिज्ञानमा युद्ध, विद्रोह तथा धार्मिक बिखन्डनको कारण मान्ने गरिन्छ । यसैमा जब शनि पनि जोडिन्छ, तब पृथ्वीमा कुनैपनि ठूलो युद्धको खतरा हुने देखिन्छ ।

यसअघि पनि यस्तै अवस्थामा अर्थात राहु-शनिको मिलन हुँदा ह‌िरोशिमा-नागासाकीमा १९४५ मा परमाणु विस्फोट, १९५६ मा अरब-इजराइल युद्ध, १९९०-९१ मा खाडीमा युद्ध, २००३ मा अमेरिकाद्वारा इराकमा हमला भएको थियो । जसको कारण अन्तरराष्ट्रीय विश्व राजनीतिको दशा र दिशा नै बदलिदिएको थियो ।

यता पछिल्लो समय आतंकि संगठनको स्थापना पनि यसै योगमा भएको ज्योतिष बिज्ञ तथा भविष्यबाणीकर्ताहरुको दावी छ । आईएसआईएसको स्थापना ९ अप्रिल २०१३ मा सीरियाको अलेप्पो शहरमा भएको थियो । उक्त समय पनि शनि र राहुको योगगोचर तुला राशिमा चल्दै गरेको थियो । 

तेश्रो विश्वयुद्ध हुने हेक्का रुस र अमेरिकालाई पनि 

माथिको ज्योतिष योग र भविष्यबाणीलाई बल मिल्ने गरि रुसले विदेशमा रहेका आफ्ना आफन्त र बिदेशमा पढ्दै गरेका बच्चाहरुलाई स्वदेश फिर्ता गराउन अपिल समेत गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तेश्रो विश्वयुद्ध हुने आशंका रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले समेत गरेका छन् । रिपोर्टका अनुसार, एडमिनिस्ट्रेशन स्टाफ, रीजनल एडमिनिस्ट्रेटर्स, ल मेकर्स र पब्लिक कर्पोरेशनका कर्मचारियहरुलाई रुसले आदेश जारी गर्दै विदेशी स्कूलमा पढ्दैगरेका आफ्ना बच्चा र त्यहाँ रहेका आफ्ना आफन्तहरुलाई तुरुन्त फिर्ता बोलाउन आदेश गरिएको छ । 
यता अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्म्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको विदेश नीति सीरियामा तेश्रो विश्वयुद्ध शुरु गर्ने खालको रहेको बताएका छन् ।ट्रम्पले भनेका छन् कि अमेरिकाले सीरियाका राष्ट्रपति बशर अल-असदलाई सम्झाउनुको सट्टा इस्लामिक स्टेट (आईएस) लाई सखाप बनाउनुपर्नेमा ध्यान दिनुपर्छ । क्लिन्टनले सीरियामा नो फ्लाइङ जोनको प्रस्ताव राखेका थिए । 

यी पछिल्ला बिभिन्न घटनाले पनि तेश्रो बिश्वयुद्धको खतरा रहेको जनाएको छ । बिशेषगरि रुस र अमेरिकामा बिश्वयुद्धको बिषयमा निकै चासो व्यक्त भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!