इटालीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको झट्का, मानिसहरु सडकमा

Posted on: 30 Oct, 2016

कात्तिक १४, एजेन्सी । इटालीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक विभागका अनुसार यो २ दिनमा दोश्रो ठुलो भूकम्प हो ।

भूकम्पको क्षतिबारे विवरण आउन बाँकी रहेपनि भूकम्पको सामान्य झट्का युरोपका अधिकाँश देशमा अनुभव गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ७:४० मा भुकम्प गएपछि राजधानी रोममा सुतिरहेका मानिसहरु बिउँझिएर सडकमा आएको जनाएको समाचारमा जनाइएको छ । लगातार दोश्रो पटक भूकम्प गएपछि आम मानिसमा त्रास फैलिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!