अमेरिकी राष्ट्रपतिले मनाए दिपावली, पहिलो पटक राष्ट्रसंघमा पनि मनाइयो

Posted on: 31 Oct, 2016

कात्तिक १५, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नै निवास व्हाइट हाउसमा एक विशेष कार्यक्रमगरि दियो जलाएर दिपावली मनाएका छन् ।

ओबामाले दिपावली मनाएको कुरा व्ह्वाइट हाउसको आधिकारिक फेसबुक र ट्वीटर पेज जानकारी दिईएको हो । व्हाइट हाउसबाट जारी सन्देशमा लेखिएको छ कि, अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहका सबै मानिसलाई दिपावली (दिवाली)को शुभकामना ।

ओबामाले आफु दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति भएको समेत उल्लेख गरेका छन् । उनले यसअघि पत्नी मिसेलका साथमा २००९ मा राष्ट्रपति आवासमा दिपावली मनाएका थिए । त्यस्तै न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो पटक दिपावलीको अवसरमा विशेष सजावट गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!