अफगानिस्तानमा हवाई आक्रमण, दुई अमेरिकी सेना सहित तीस जनाको मृत्यु

Posted on: 03 Nov, 2016

कात्तिक १८, कुन्दुज (अफगानिस्तान) | अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु भएको छ । 

कुन्दुज क्षेत्र अफगानी तालिबानी समूहको आश्रयस्थलका रुपमा विद्रोहीले लामो समयदेखि प्रयोग गर्दै आएको क्षेत्र हो । तर केही समय पहिले अफगानी सेनाले चलाएको कारबाहीपछि विद्रोही उक्त क्षेत्र छोडी उच्च पहाडी तथा हिमाली क्षेत्रतर्फ भागेका थिए । 

अफगानी सुरक्षाकर्मी तथा नेटो सेनाले अफगानी तालिबानी समूहविरुद्ध गरेको संयुक्त हवाई कारबाहीमा तीस नागरिकले सहादत प्राप्त गरका साथैे २५ जना अन्य घाइते भएको प्रान्तीय प्रवक्ता महम्मद डेनिसले बताउनुभयो । 

बिहीबारको घटनामा अफगानिस्तानमा कार्यरत दुई अमेरिकी सेनाको समेत मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

नेटोले ‘तालिम, सल्लाह र सहयोग मिसन’ अन्तर्गत अफगानिस्तानको कुन्दुज क्षेत्रमा तैनाथ दुई अमेरिकी सेनाको मृत्यु भएको र दुई सैनिक घाइते भएको पुष्टि गरेको छ । रासस/एएफपी/एपी   

यस बिषयमा तपाइको प्रतिक्रिया...!