आगलागी परी भारतमा १५ जनाको मृत्यु

Posted on: 11 Nov, 2016

कात्तिक २६, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

यसमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । सानो झिल्कोबाट सुरु भएको उक्त आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको छ । 

उत्तरी भारतीय राज्य उत्तर प्रदेशबाट २५ किलोमटिर मात्र टाढा रहेको राष्ट्रिय राजधानीनजिकै रहेको साहिबावादमा अवस्थित एक गार्मेन्ट कारखानामा आगालगी भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

घटनास्थलबाट १५ जनाको शव निकालिएको र घाइतेहरुलाई विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको प्रहरीले बताएको छ । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!