न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, प्रभावित क्षेत्रहरु सम्पर्क बिहिन (अपडेट)

Posted on: 13 Nov, 2016

कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

भूकम्पको शक्तिशाली प्रभावकै कारण प्रभावित क्षेत्रहरुमा बिद्ध्युत र टेलीफोन सम्पर्क ठप्प बनेको छ । भूकम्प प्रभावित स्थानहरु सम्पर्क बिहिन बनेपछि सम्भावित घटनाको उद्दारमा कठिनाई भएको जनाइएको छ । ब्रिटिश अखबार ‘मिरर डट यूके’ का अनुसार, अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण उपलब्ध हुन सकेको छैन किनकी न्यूजील्याण्डको केहि भागहरु भूकम्पको धक्का लगत्तै सम्पर्कबिहिन बनेका छन् ।

अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ । क्राइष्टचर्चदेखि करिब ९५ किलोमिटर दुरीमा रहेको स्थानमा भूकम्प गएको हो । यस भूकम्पको जोडदार झड्का  क्राइष्टचर्च सहित वेलिंगटन, टारान्की, हैमिल्टन र ऑकल्याण्डमा समेत महशुस गरिएको थियो । 

क्राइष्टचर्च लगायत ठूलो क्षेत्रमा उक्त भूकम्प महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । क्षति विवरण भने आइसकेको छैन । सन् २०११ मा पनि क्राइष्टचर्चमै शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा १ सय ८५ जनाको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!