भारतीय माओवादिको ढाड सेकिने संकेत

Posted on: 14 Nov, 2016

कात्तिक २९, काठमाडौँ | भारत सरकारले ५०० र १००० रुपौयाँको पुरानो नोट बन्द गरेपछि भारतका माओवादिहरुलाई गहिरो असर पर्ने देखिएको भारतीय पत्रकार आलोक प्रकाश पुतुलले बिबिसीमा लेखेका छन् । भारतको छत्तीसगढ पुलिसले दावी गर्ने अनुसार नोट्बंदीको कारण माओवादिहरुको ढाड सकिनेछ । 

भारतका माओवादीहरुको पुरै साम्राज्य लेवी वा असूली मार्फत चल्ने गरेको छ । 

छत्तीसगढका २७ मध्ये १६ जिल्ला पुरै माओवादीबाट प्रभावित छ । त्यस्तै बस्तरका ७ जिल्लाहरुमा झन् माओवादीलाई छुट्टै सरकार पनि मान्ने गरिन्छ । त्यस्तै त्यहाँका कयौं क्षेत्रमा माओवादिले समानान्तर सरकार पनि चलाएको छ । माओवादीले आफ्नो बल पुगेको क्षेत्रमा रहेका नेता तथा सरकारी अफिसरदेखि लिएर खनिज व्यापारी तथा अलग-अलग खालका ठेकेदारहरुसँग पैसा अशुल्ने गर्छ । यसै बर्ष मे महिनामा भारतको लोकसभाको एक रिपोर्ट अनुसार सरकारले दावी गरे अनुसार भारतभर माओवादीले १४० करोड रुपयेको लेवी अशुल्ने गरेको छ । तर छत्तीसगढ प्रहरीको दावी अनुसार भारतको बस्तरमा मात्रै माओवादीले १५०० करोड रुपयाँ अशुल्छ । 

माओवादी मामला विशेषज्ञ तथा भारतका वरिष्ठ पत्रकार रुचिर गर्गका अनुसार भारतका माओवादीहरुले लेवीको रुपमा अशुलेको पैसा जंगलमा सुरक्षित जमिन भित्र गाडेर राखेका छन् । जुन पैसा अब कागज सरह बन्ने भएपछि माओवादी आफै कमजोर हुँदै जाने विश्लेषण गरिएको छ । पत्रकार रुचिर गर्गले अब माओवादीलाई समस्या पर्ने भएकाले उनीहरुसंग सतर्क रहनुपर्ने धारणा राखेका छन् । उनको अनुसार आर्थिक संकटमा पर्ने भएकाले माओवादी कमजोर हुने वा उनीहरुसँग सतर्क रहनुपर्ने दुवै कुरा जरुरी छ । माओवादी आर्थिक रुपमा कमजोर हुँदा भारतीय सुरक्षाकर्मीको अगाडी माओवादीलाई तह लगाउने अवसर आएको छ भने आर्थिक संकटका कारण माओवादी चन्दा, आतंक र अशुलीमा निस्कने भएकाले नागरिकमा आतंक सिर्जना हुने समस्या समेत खडा भएको छ । संकट पछी माओवादीले दैनिक गुजाराको लागि आफ्नो क्षेत्रका मानिसहरुमा आफ्नो दवाबमा राख्ने संकट देखिएको छ भने माओवादीले आफु बलियो बनेको क्षेत्रका बैंक तथा एटिएमलाई निशाना बनाउन सक्ने संकेत छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!