भारतमा रेल दुर्घटना ९६ जनाको मृत्यु , २०० भन्दा बढि घाईते (फोटो फिचर)

Posted on: 20 Nov, 2016

मंसिर ५, काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९६ जनाको मृत्यु भएको छ । घटनामा २ सय भन्दा बढि घाईते भएका छन् । घाईते ७६ जनाको अवस्था गम्भिर रहेको छ ।

पटनाबाट इन्दौर जादै गरेको रेल भारतीय समयानुसार बिहान ३ बजेतिर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । लिकबाट १४ बटा डिब्बा उछुट्टिदा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा घाईते भएका अधिकांशको अबस्था गम्भीर छ । दुर्घटनास्थलबाट ९६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, केन्द्रिय र राज्य सरकारले रेल दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप जनही १२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

थप तश्विरहरु: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!