हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

Posted on: 20 Nov, 2016

मङ्सिर ५, रियो डि जानेरो । ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ । 

ब्राजिलियाली तटीय सहर रियो डी जानेरोमा लागुऔषधविरुद्ध अभियान चलाइरहेका अवस्थामा सो दुर्घटना भएको बताइएको छ । घटनास्थलमा प्रहरी र लागुऔषध ओसारपसार गर्नेका बीचमा केहीबेर गोली हानाहानसमेत भएको प्रहरीको सहयोगका लागि गइरहेको विमानलाई बलपूर्वक अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ । 

दुर्घटना भएको ठाउँ क्युडाड डे दिओस सन् २००२ मा रिलिज भएको ‘सिटी अफ गड’ नामक फिल्मका कारण संसारभरि चर्चित छ । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!