सिया मस्जिदमा आक्रमणमा २७ को मृत्यु

Posted on: 21 Nov, 2016

मङ्सिर ६, काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । 

एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

धार्मिक समारोहमा प्रार्थना गर्न बसेका भक्तजनबीच आत्मघाती आक्रमणकारी पसेर गराएको विस्फोटमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका वरिष्ठ प्रहरी अधिकारी फ्रिडोन ओबाइदीले बताउनु भएको छ । 

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको बाकिरुल ओलुम मस्जिदलाई हाल सुरक्षाकर्मीले घेरा लगाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस/एएफपी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!