एकाविहानै जापानमा ७.४ रेक्टरको शक्तिशाली भूकम्प, भूकम्पछी तटीय क्षेत्रमा सुनामी (अपडेट)

Posted on: 22 Nov, 2016

मङ्सिर ७, टोकियो | एकाबिहानै जापानको उत्तरपुर्बी क्षेत्रलाई केन्द्रबिन्दु बनाई ७.४ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । उक्त शक्तिशाली भूकम्प जापानी समय अनुसार आज बिहान ५ बजेर ५९ मिनेटमा गएको हो ।

भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामी गएको छ । जापानको फुकुसिमा क्षेत्रमा अझै ठुलो सुनामी आउन सक्ने भन्दै सम्भावित क्षेत्रका जनताहरुलाई अग्लो क्षेत्रमा जान स्थानिय अधिकारिहरूले उर्दी जारी गरेका छन् । 

आज बिहानको भूकम्पको कारण टोकियोमा समेत धक्का महशुश गरिएको जापानमा रहेका नेपालीहरुले जनाएका छन् । टोकियोमा ३० सेकेन्डसम्म भूकम्पले हलाएको त्यहाँ स्थित नेपालीहरुले बताए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!