जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Posted on: 22 Nov, 2016

मङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ ।  

फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो ।

त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिईंदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ । भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ । 

यसअघि गत अप्रिलमा कुमामोटो प्रान्तमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा आएको शक्तिशाली भूकम्पमा १८ हजारको मृत्यु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!