ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज दुर्घटनाग्रस्त

Posted on: 29 Nov, 2016

मङ्सिर १४, काठमाडौँ । ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ । 

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोलीसहित ७२ जना यात्रु  बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो ।

कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार सवा १० बजे विमान दुर्घटना भएको बिबिसीले जनाएको छ ।

दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । तर, क्षतिबारे आधिकारिक विवरण आएको छैन । तर, स्थानीय सञ्चार माध्यमहरुले भने केही मानिस जिवित भएको अनुमान गरिएको छ ।

च्यापेकोनिज फुटबल टोलीले बुधबार दक्षिण अमेरिकी क्लव कपको फाइनल मेडेलिनमा कोपा सुडामेरिका फाइनलमा एट्लेटिको नेसनल टोलीसँग खेल्न त्यसतर्फ लागेको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!