प्रशान्त महासागरमा ७.७ रेक्टरको भूकम्प

Posted on: 09 Dec, 2016

मंसिर २४, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ ।

भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको छ ।

एशिया प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार सोलोमन टापू, वानुआतु, पपुवा न्यू गिनी, नैअरु, न्यू क्यालिडोनिया, तुवालु तथगा कोसरे क्षेत्रमा केही समयमा प्रभावपर्ने जनाइएको छ ।

चेतावनी केन्द्रका अनुसार सुनामी आएको खण्डमा एक देखि तीन मिटर अग्लो छाल आउन सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!