रुसी विमान साइबेरियामा दुर्घटना

Posted on: 19 Dec, 2016

पुस ४, काठमाडौं । रुसी रक्षा मन्त्रालयसँग सम्वद्ध रहेको एक विमान साइबेरियाको याकुचियामा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनापछी २७ जनाको मृत्यु भएको रिपोर्टहरु आएपनि रुसी रक्षा मन्त्रालयले भने १६ जना गम्भीर घाइते भएको जनाएको छ । विमानमा ३२ यात्रु र ७ जना चालक दलका सदस्य थिए ।

विमान रुसको टिक्सी नजिकै खराब मौसमका कारण दुर्घटनामा परेको बिदेशी संचार माध्यमहरुले जनाएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!