चीनको सडकमा एक वर्षमा ५८ हजारको मृत्यु

Posted on: 22 Dec, 2016


पुस ७, बेइजिङ, ७ पुस । चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् । 

चीनको संसद्को वेभसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा एक लाख सात हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । 

ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिका कारण चीनमा ठुला दुर्घटना गंम्भिर समस्याका रुपमा रहेका छन् । 

बसको लामो दुरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलमा तनाव दिने गरेको छ । आकस्मीकरुपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमितरुपमा धेरैको मृत्यु भइरहेको हुन्छ । 

सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उलंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी अत्याधिक भार भएका ट्रक, नाजुक अवस्थाका सडक र ग्रामिण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दावी गरेको छ । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!