लिबियाली विमान अपहरणः अपहरणकारीद्वारा आत्मसमर्पण

Posted on: 23 Dec, 2016

पुस ८ , काठमाडौं । ११८ जना यात्रू सहित अपहरणमा परेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० का सबै यात्रूहरु समुशल रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । साथै दुई अपहरणकारीले माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् । 

विमान लिवियाको साभाबाट त्रिपोलीका लागि प्रस्तान भएपनि यसमा सवार दुई यात्रुले ग्रिनेड हातमा लिई आफुले भनेको ठाउँमा विमान अवतरण नगराए विमानभित्र विस्फोट गराउने धम्की दिएपछी अपहरणकारीकै निर्देशन अनुसार उक्त बिमान माल्टा पुर्याइएको थियो । तर, अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हालेका थिए । माल्टा सरकारले अपहरणकारीसँग वार्ता गर्यो । त्यसैक्रममा अपहरणकारीले यात्रुहरुलाई क्रमशः रिहा गरेको भिडियो समेत संचारमाध्यमहरुले लाइभ प्रसारण गरेका थियो । 

अपहरणकारीले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा बिमान र अपहरणमा परेको बिमान मुक्त भयो भन्ने बारे भने बाहिर ल्याइएको छैन । तर, केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । तर, अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए ।

अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!