भारतद्वारा पृथ्वीकै आधा भागसम्म मार हान्ने मिसाईलको सफल परिक्षण

Posted on: 26 Dec, 2016

पुस ११, काठमाडौँ | भारतकै सबैभन्दा लामो दूरीसम्म  (५ हजार किमी) सम्म मार हान्न सक्ने अग्नि-5 मिसाइल आज बिहान भारतको ओडिशा स्थित व्हीलर द्वीपमा परिक्षण गरिएको छ । 

उक्त शक्तिशाली मिसाइलले चीन, पाकिस्तान लगायत युरोपसम्म मार हान्न सक्ने क्षेमता राख्छ । डिफेन्स रिसर्च एन्ड डेवलपमेन्ट अर्गनानाइजेशन (डीआरडीओ) ले यस बिषयको जानकारी दिएको हो ।

- अग्नि मिसाइलको पहिले पनि ३ पटक परिक्षण भईसकेको छ ।

- यो सतहबाट सतहसम्म मार गर्नसक्ने मीडियमबाट इन्टरकन्टिनेन्टल रेन्जको मिसाइल हो ।

- बैज्ञानिकहरुलाई आधार मान्ने हो भने अग्नि-5 को नेभीगेशन र गाइडेन्स सिस्टम जडान भएको छ जसको माध्यमबाट उक्त मिसाइल बिशेष बनेको छ । अब केहि अरु परिक्षण गरेपछि छिट्टै आर्मीलाई प्रदान गरिनेछ ।

- यो मिसाइल १७ मीटर लामो अग्नि-5 को तौल ५००० केजी रहेको छ । यसलाई सजिलै जहाँपनि लान सकिन्छ ।

- साथै यो मिसाइल सहजै डिटेक्ट गर्नब सकिन्न । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!